मुग्लिन–काठमाण्डौ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुस ७, २०८१ आइतबार
काठमाण्डाै – चालु आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामै ६ खर्ब १३ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि मङ्सिरसम्म ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो पोहोरको पाँच महिनाको तुलनामा २७ दशमलव ६ प्रतिशतले धेरै हो । यस्तै अमेरिकी डलरमा रेमिट्यान्स २४ दशमलव ५ प्रतिशतले बढेर ४ अर्ब ६२ करोड डलर पुगेको छ ।
रेमिट्यान्स बढे पनि विदेश जानेहरूको सङ्ख्या भने घटेको देखिएको छ । पाँच महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या १ लाख ७३ हजार पाँच सय ५५ जना रहेको छ । यो अघिल्लो वर्षको पाँच महिनाको तुलनामा ६३ हजार दुई सय जनाले कम हो ।
यस्तै पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ४ हजार जना रहेको छ, यो अघिल्लो वर्षको तुलनामा ११ हजार ९ सय जनाले कमी हो ।