पुस अन्तिम हप्तादेखि पेट्रोल र मट्टीतेल पनि पाइपलाइनबाटै ल्याउने निगमको तयारी

 पुष ६, २०८१ शनिबार १७:३६:५४ | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – नेपाल आयल निगमले यही पुस अन्तिम हप्तादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टीतेल पनि ल्याउने तयारी गरेको छ । निगमले २०७६ सालदेखि पाइपलाइनमार्फत मोतिहारीदेखि अमलेखगन्जसम्म डिजेल आयात गरिरहेको छ ।

पेट्रोल, डिजेल र मट्टीतेल आयात गर्न सकिने गरी निर्माण गरेको संरचना निर्माण कार्य अन्तिम चरणमा पुगेको निगमको मधेश प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यले जानकारी दिनुभयो । निगमले परियोजनाको दोस्रो चरणअन्तर्गत पाइपलाइनबाट पेट्रोल र मट्टीतेल ल्याउने कामको परीक्षण सफल गरिसकेको छ । अहिले ती संरचनाको गुणस्तर परीक्षणको काम भइरहेको छ ।

ट्याङकरको तुलनामा पाइपलाइनबाट पेट्रोलियम पदार्थको आयात गर्नु धेरै सुरक्षित मानिन्छ । पाइपलाइन परियोजनाको तेस्रो चरणअन्तर्गत अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पाइपलाइन बिस्तार गर्ने योजना कार्यान्वयनका क्रममा छ ।   

अन्तिम अपडेट: पुस १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया