साउनदेखि मंसीरसम्ममा १३ अर्ब रुपैयाँभन्दा धेरैको बिजुली निर्य...
पुस ६, २०८१ शनिबार
कञ्चनपुर – कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा आगन्तुक चरा लक्ष्मण सारस आइपुगेका छन् । कैलालीको टीकापुर नगरपालिकाको श्रीलङ्का टापुमा रहेको नदीको तटीय क्षेत्रमा लक्ष्मण सारस आज देखापरेका चरा विज्ञ हिरुलाल डगौराले बताउनुभयो । चार वर्षदेखि निरन्तर रुपमा यो प्रजातिको सारस कर्णाली नदीको तटीय क्षेत्रमा देखापर्दै आएको उहाँले बताउनुभयो ।
नेपालमा पाइने चार प्रजातिका सारसमध्ये लक्ष्मण सारस आगन्तुक प्रजाति रहेको छ । सन् २००६ मा पहिलो पटक यो प्रजातिको सारस भजनीको मन्त्रीफाँटामा देखापरेपछि अभिलेखीकरण गरिएको थियो । सन् २०२१ देखि हिउँदयाममा लक्ष्मण सारस निरन्तर रूपमा देखापर्दै आएको चराविज्ञ डगौरा बताउनुहुन्छ ।
साइवेरियालगायत उत्तरी धुर्वमा चिसो बढेसँगै नेपाल, भारत, पाकिस्तानलगायत गर्मी हुने तराई क्षेत्रमा बसाइँ सर्ने यो पंछी नेपालका महाकाली, कर्णाली, कोशी, नारायणी, राप्तीलगायत नदी तटीय क्षेत्रमा देख्न सकिन्छ । गर्मी शुरु हुन थालेपछि चैतअघि नै सारस पुरानै बासस्थानमा फर्कने गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।