रास्वपा सभापति लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित ह...
माघ ९, २०८१ बुधबार
दिवस सापकाेटा
प्रश्नः मलाई माल्टा पठाउँछु भनेर एक लाख रुपैयाँ दिए तर मेरो कुनै अफर लेटर वा भिसा आएन । पैसा फिर्ता दिदा ३२ हजार रुपैयाँ काटेर बाकी पैसा दियाे । मेराे पैसा किन काटेकाे हाेला ?
उत्तरः दिवस जी, हामीले तपाईँको जिज्ञासा पिपुल फोरममा आवद्ध अधिवक्ता कृष्णप्रसाद न्यौपानेसँग राखेका थियौं । तपाईँले म्यानपावर/एजेन्ट विरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी दिएपछि कानूनी प्रक्रिया अनुसार रकम फिर्ता पाउनुभएको हो या म्यानपावरले माल्टा पठाउन नसकेपछि पैसा स्वत फिर्ता गरेको हो भनेर खुलाउनुभएको छैन । उहाँका अनुसार, यदी तपाईँलाई म्यानपावर आफैंले कुनै कानूनी प्रक्रियाबिनै पैसा फिर्ता दिएको हो भने कटाएर पैसा फिर्ता दिन पाइदैन । पैसा लिएर भनेको ठाउँमा पठाउन नसकेमा म्यानपावरले लिएको रकममा २० प्रतिशत थप गरेर फिर्ता गर्नुपर्ने कानूनी प्रावधान छ । ३२ हजार रुपैयाँ कटाएर रकम फिर्ता दिनु भनेको तपाईँ ठगीमा पर्नु हो । त्यसैले म्यानपावर विरुद्ध वैदेशिक रोजगार विभागमा गएर उजुरी गर्न अधिवक्ता न्यौपानेको सुझाव छ ।