रुसको कुर्स्क क्षेत्रमा युक्रेनको नयाँ आक्रमण
पुस २२, २०८१ सोमबार
खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ !
बैदेशिक रोजगारीमा जाने अदक्ष कामदारले गन्तव्य देशमा पुगेर दुख पाउने, मानसिक समस्या र चुनौतीहरु भोग्नुपर्ने जस्ता समस्याहरुसँग जुझ्नुपर्ने बाध्यता छ । यसको व्यवस्थापनको लागि नेपाल सरकारले सीप सिकेर मात्र बैदेशिक रोजगारीमा जान अनिवार्य गरेको छ । नेपाल सरकारले उपलब्ध गराउने सीपबारे लक्षित वर्गलाई सचेतनाका कार्यक्रमहरु पनि सञ्चालन गरिरहेका छ । तर, यस विषयमा थप कुराकानी गर्न सचेतना जगाउन आवश्यक देखिन्छ । कार्यक्रम देश परदेशको अंक ६४८ मा हामीले अदक्ष जनजक्ति बैदेशिक रोजगारीमा जाँदा पाउने दुख र सीप सिक्दाका फाइदाबारे कुराकानी गर्छौं । यसका लागि हामीले उज्यालोको फेसबुक पेज facebook.com/ujyaalo मा सीपसँग सम्बन्धीत जिज्ञासा र प्रश्न राख्न सुझाएका थियौं । हामीलाई तपाईंले पठाउनुभएका जिज्ञासाको जवाफ पनि कार्यक्रममा समावेश गरेका छौं । यसका लागि हामीसँग व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानकी निर्देशक बिन्दा आचार्यसँगको कुराकानी कार्यक्रममा सुन्न सक्नुहुन्छ ।