Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेशको अंक ६५२ ।

 अहिले गरिवी वा गरिवीको रेखामुनि रहेका देशबाट मात्र हैन विकसित देशहरुबाट बैदेशिक रोजगारीमा जाने क्रम बढेको छ । यस प्रक्रियाले बैदेशिक रोजगारीका लागि श्रमिक पुगेका गन्तव्य देशहरुमा सबै भन्दा ठूला वैदेशिक रोजगार ब्यवसायीहरु स्थापित गराउन थालेको छ । नेपाल जस्तो विकासोन्मुख देशमा बैदेशिक रोजगारीलाई वाध्यताको संज्ञा दिएपनि वास्तवमा यो विश्वको मौद्रिक सन्तुलन, रेमीट्यान्स, सीप विकास र सो को स्थानान्तरण, आधुनीकिकरण तथा एक देश र अर्को देश बीचमा आदान प्रदान हुने ज्ञान विज्ञान, शैली र सभ्यताको समेत सुत्राधार बन्न थालेको छ । यसको पुरै श्रेय विदेशमा बसेर पसिना बगाइरहेका श्रमिकलाई जान्छ । तर नेपालमा राम्रो रेमिट्यान्स भित्रिरहँदा श्रमिक र उनका परिवारले खेपिरहेका दुखलाई नकार्न मिल्दैन । कार्यक्रम देश परदेशको अंक ६५२ मा बैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकले पाउने दुख र खेप्नुपर्ने मानसिक तनावबारे एट्विन नेपालकी निर्देशक बेनुमाया गुरुङ्ग र मनोपरामर्शदाता स्मृति घिमिरेसँग गरिएको कुराकानी समावेश छ ।