पृथ्वी जयन्ती : राप्रपा नेपालको चियापनमा प्रधानमन्त्री ओली
पुस २७, २०८१ शनिबार
काठमाण्डौ – नेपाल बैंकर्स सङ्घले ब्याजदर घट्दा पनि कर्जाको माग नबढ्नु चिन्ताको विषय भएको बताएको छ । हिजो काठमाण्डौमा भएको पत्रकार सम्मलेनमा सङ्घका अध्यक्ष सुनिल केसीले कर्जाको माग नबढ्नु बैंकको लागि मात्र नभई समग्र अर्थतन्त्रको लागि पनि चिन्ताको विषय भएको बताउनुभयो ।
उहाँकाअनुसार चालु आर्थिक वर्षको चैत १६ गतेसम्म कर्जाको वृद्धिदर ४ दशमलव १७ प्रतिशत मात्र रहेको छ । अहिले कतिपय कर्जाको ब्याजदर एकल अङ्कमा झरिसकेको उहाँको भनाइ छ । घर कर्जा, विद्युतीय गाडी कर्जा र उत्पादनमूलक क्षेत्रको कर्जा एकल अङ्कमा नै झरिसकेको र अरु कर्जाको ब्याजदर पनि एकल अङ्कमा नै आउने अवस्था रहेको उहाँले बताउनुभयो ।
बैंकर्स सङ्घका अध्यक्ष केसीले विश्वब्यापी रुपमा पनि ब्याजदर घट्दै गइरहेकोले आउँदा दिनमा ब्याजदर अझै घट्ने बताउनुभयो । पहिले ब्याजदर बढी भएर कर्जा नबढेको चर्चा हुने गरेको भए पनि अहिले ब्याजदर घट्दा पनि कर्जा बढ्न नसकेको बैंकरहरुको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।