पृथ्वी जयन्ती : राप्रपा नेपालको चियापनमा प्रधानमन्त्री ओली
पुस २७, २०८१ शनिबार
काठमाण्डौ – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराईजर्स हैदराबादले पञ्जाब किंग्सलाई २ रनले हराएको छ । गएराति भएको खेलमा हैदराबादले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन मात्र बनायो ।
पञ्जाबका लागि शशाङ्क शर्माले सर्वाधिक ४६ रन बनाए । आशुतोष शर्माले ३३ रन बनाए । हैदराबादका भुवनेश्वर कुमारले २ तथा प्याट कमिन्स, नटराजन, नितिश रेड्डी र जयदेव उनादकटले १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो ।
हैदराबादका लागि नितिश रेड्डीले ६४ रन बनाएका थिए । यस्तै अब्दुल समादले २५ तथा ट्राभिस हेडले २१ रन बनाए । पञ्जाबका आर्शदीप सिंहले एक्लैले ४ विकेट लिए । जितपछि ५ खेलमा ३ जित सहित हैदराबाद पाँचौँ स्थानमा छ भने ५ खेलमा २ खेल जितेको पञ्जाब छैठौँ स्थानमा छ ।
आईपीएलमा आज राजस्थान रोयल्स र गुजरात टाईटन्स खेल्दैछन् । जयपुरमा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।