विश्व एड्स दिवस : नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घट्यो
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै – डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ रङ्गमा डढेलोबाट सल्किएको आगोमा परेर तीन जना बालक घाइते भएका छन् । आगाेमा परेर १०, १२ र १३ वर्षका तीन जना बालक घाइते भएका डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज दिउँसो घर नजिकै रहेको सामुदायिक वनमा च्याउ टिप्न गएका उनीहरू डढेलोमा परेका थिए । घाइते उनीहरूको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको छ । थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज लैजाने प्रयास भए पनि मौसमका कारण आजलाई सम्भव नभएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिनुभयो ।
डोल्पामा गएको सोमवार मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको ज्यान गएको थियो । घाइते एक जनाको कीर्तिपुरमा उपचार भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।