गाजामा सामूहिक चिहान भेटिएको घटनाबारे स्वतन्त्र छानबिन गर्न राष्ट्रसङ्घको माग

 बैशाख १२, २०८१ बुधबार १०:११:० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

गाजामा इजरायली आक्रमण र त्यहाँ भेटिएको सामूहिक चिहानबारे संयुक्त राष्ट्रसङ्घले छानबिन गर्न माग गरेको छ । राष्ट्रसङ्घ मानवअधिकार प्रमुखले नासेर र अल–शिफा अस्पतालमा भएको विनाशबाट आफू त्रसित भएको टिप्पणी गर्नुभएको छ ।

मानवअधिकार प्रमुख भोल्कर टर्कले सामूहिक रुपमा शव भेटिएको घटनाबारे स्वतन्त्र छानबिनको माग पनि गर्नुभयो । प्यालेस्टिनी अधिकारीहरूले नासेर अस्पतालमा भेटिएको सामुहिक चिहानबाट झण्डै ३ सय जनाको शव निकालेको बताएका छन् । उनीहरुको मृत्यु कहिले भयो वा कहिले गाडियो भन्ने खुलाइएको छैन ।

इजरायली सेनाले ती शव गाडेको प्यालेस्टाइनले आरोप लगाएको भए पनि इजरायलको सेनाले निराधार भएको बताएको बीबीसीले जनाएको छ । तर गएको फेब्रुअरीमा खान युनिस शहरको अस्पताललाई दुई हप्ता नियन्त्रणमा लिएर सेनाले सैन्य अभ्यास चलाएको थियो ।

यही क्रममा इजरायली सैनिकले बन्धक बनाएकाहरुको आक्रमणमा ज्यान गएको प्यालेस्टिनीले बताएका खबरमा उल्लेख छ । अहिले रिहा भएका १० जना बन्धकहरुले उनीहरुलाई बन्दी बनाएको बेला लामो समयसम्म नासेर अस्पतालमा राखिएको बताएका छन् ।

अस्पतालका कर्मचारीहरूले पनि बाहिर चलिरहेको युद्धका कारण चिहानसम्म पुग्न नसक्दा शवलाई अस्पताल परिसरभित्रै गाड्न बाध्य पारिएको बताएका थिए ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया