च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
सर्लाही – तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा सर्लाहीको हरिपुर नगरपालिकाको काम प्रभावित भएको छ ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतोको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा भएपछि नगरपालिकाको काम प्रभावित भएको हो । मन्त्रालयसँग प्रमुख प्रशासकीय अधिकृत पठाउन पटक पटक आग्रह गर्दा समेत मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाएको मेयर गोपाल पंजियारको भनाइ छ ।
आफू तीन पटक सामान्य प्रशासन मन्त्रालय धाउँदा पनि प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै उहाँले तीन महिनादेखि तलब–भत्ता वितरणसहित विकास निर्माणको काम प्रभावित भएको बताउनुभएको छ ।
आर्थिक वर्ष शुरू भएको ६ महिनासम्म नगरपालिकाकाे कुनै योजना अघि बढ्न नसकेको हरिपुर नगरपालिका–१ का वडाध्यक्ष नानीबाबू थापाले गुनासो गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।