अमेरिकाको विश्वविद्यालयमा प्यालेस्टिनीको समर्थनमा प्रदर्शन तीव्र

 बैशाख १९, २०८१ बुधबार ६:५७:३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकाको कोलम्बिया युनिभर्सिटीका विद्यार्थीले क्याम्पस भित्रको एउटा भवन कब्जा गरेर प्यालेस्टिनीहरूको समर्थनमा आफ्नो प्रदर्शनलाई तीव्र बनाएका छन् । प्रदर्शनका क्रममा केही  विद्यार्थी क्याम्पसको झ्याल तोडफोड गरेर भवनभित्र पसेर प्रदर्शन गरिरहेका छन् ।

गएको अप्रिलमा १७ मा कोलम्बिया विश्वविद्यालयबाट शुरु भएको यो प्रदर्शन अहिले अमेरिकाका धेरै विश्वविद्यालयमा पुगेको छ । प्रदर्शनमा सहभागी विद्यार्थीले विश्वविद्यालय प्रशासनले इजरायलसँग सबै सम्बन्ध तोड्न पर्ने माग गरेका बीबीसीले जनाएको छ । अमेरिकी विश्वविद्यालयमा दैनिक रुपमा प्रदर्शन बढ्न थालेपछि प्रहरीले विद्यार्थीलाई पक्राउ गरिरहेको छ ।

विश्वविद्यालयले पनि क्याम्पसलाई प्रदर्शनस्थल बनाएर विरोध सभा गर्ने विद्यार्थीलाई निकाल्न थालेको छ । इजरायल—गाजाबीचको  पछिल्लो तनावका सन्दर्भमा अमेरिकी विद्यार्थीले प्रदर्शन शुरु गरेका हुन् । प्रदर्शनकारीहरूले आफूहरूले प्यालेस्टाइनलाई समर्थन गरिरहेको जनाएका छन् । उ

उनीहरुले राष्ट्रपति जो बाइडेन र युनिभर्सिटी प्रशासनप्रति असन्तोष व्यक्त गर्दै इजरायलले प्यालेस्टिनीमाथी गरिरहेको  नरसंहारलाई प्रवर्धन गर्नेगरी फन्डिङ र हतियार दिने कार्य भइरहेको आरोप लगाएका छन् । इजरायलले भने प्यालेस्टाइन क्षेत्रमा आफूले नरसंहार गरेको कुरालाई अस्वीकार गर्दै आइरहेको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया