समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा श्रीमणकुमार गौतम नियुक्त

 वैशाख २१, २०८१ शुक्रबार ९:१४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश श्रीमणकुमार गौतमलाई नियुक्त गरेको छ । समितिका अध्यक्ष काशीराज दाहालको कार्यकाल सकिएपछि सरकारले गौतमलाई नियुक्त गरेको हो ।

सहकारी ऐन २०७४ जारी भएपछि सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरेको थियो । तर सहकारीको समस्या भने समाधान हुने सकेको छैन ।

सहकारी विभागका अनुसार अहिले ३१ हजार वटाभन्दा धेरै सहकारी दर्ता छन् । सरकारले १८ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । समस्याग्रस्त घोषणा नभएका तर बचतकर्ताको रकम ठगी गर्ने सहकारीको सङ्ख्या दुई सय ९३ वटा पुगेको छ ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासङ्घका अनुसार दुई सय ७३ वटा सहकारीले बचतकर्ताको एक खर्ब रुपैयाँ अपचलन गरेका छन् ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया