वसन्त ऋतुको पहिलो सगरमाथा आरोहण सफल, १० जना शेर्पाको समूह शिखरमा

 वैशाख २९, २०८१ शनिबार ६:१२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सेभेन समिट ट्रेक

काठमाण्डौ –  यस वर्षको वसन्त ऋतुको पहिलो सगरमाथा आरोहण सफल भएको छ । पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय प्रमुख खिमलाल गौतमकाअनुसार नेपालका १० जना शेर्पाहरुको समूहले हिजो बेलुका ८ बजेर १५ मिनेटमा सर्वोच्च शिखरमा सफल आरोहण गरेको हो ।

यही समूहले सर्वोच्च शिखरसम्म हिमाली बाटो बनाउने काम पनि सम्पन्न गरेको छ ।  समूहले डोरी टाँग्ने र भर्‍याङ बनाउने काम सफलतापूर्वक सम्पन्न गरेको सेभेन समिट ट्रेकले जनाएको छ ।

आरोहण दलमा डेन्डी शेर्पासहित तेन्जिङ ग्याल्जे शेर्पा, नाम्गेल दोर्जी शेर्पा, सुकबहादुर तामाङ, दावा रिन्जे शेर्पा, दावा शेर्पा, रिन्जी शेर्पा, पेम्बा तासी शेर्पा, पाम दोर्जे शेर्पा र लाक्पा शेर्पा छन् ।

हिउँमाथि डोरी टाँग्ने र भर्‍याङ बनाउने काम सम्पन्न भएकाले अब अरु आरोहीका लागि सगरमाथा आरोहणको बाटो खुला भएको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय प्रमुख गौतमले जानकारी दिनुभएको छ ।

यस वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४१ वटा आरोहण दलका ४ सय १४ आरोहीले अनुमति लिएका छन् । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया