च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
कुवेतका अमिरले संसद विघटन तथा संविधानका केही धाराहरू निलम्बन गर्नुभएको छ । अमिर शेख मिशल अल–अहमद अल–सबाहले गएराति टेलिभिजन सम्बोधनमार्फत् संसद् भङ्ग गर्दै संविधान निलम्बन गरेको घोषणा गर्नुभएको हो । उहाँले लोकतान्त्रिक प्रक्रियाका सबै पक्षको अध्ययन गरी चार वर्षभन्दा धेरै अवधिका लागि संविधानका केही धारा निलम्बन गरेको सम्बोधनलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अब राष्ट्रिय सभाको शक्ति अमिर र मन्त्रिपरिषद्ले ग्रहण गर्नेछ । खाडीको देश कुवेत पछिल्लो समय कठिन राजनीतिक अवस्थाबाट गुज्रिरहेको छ । देश बचाउन कठोर निर्णय लिएको अमिर शेख मिशलले बताउनुभएको छ । हालै चुनाव भएयता निर्वाचित संसद र नियुक्त प्रधानमन्त्रीबीचको तनावले सरकार गठन ठप्प भएको छ ।
अप्रिल ४ तारिखमा भएको चुनावमा अघिल्लो संसदका ४६ सदस्यमध्ये ३९ जनाले आफ्नो सिट कायम राखेका थिए । कुवेतको संविधानअनुसार चुनाव भएको दुई हप्ताभित्र नयाँ सरकार गठन गर्नुपर्ने व्यवस्था छ । शेख मेशलले अप्रिल १५ तारिख अर्थात् वैशाख ३ मा शेख अहमद अब्दुल्लाह अल अहमद अल सबालाई प्रधानमन्त्री नियुक्त गरी नयाँ सरकार गठनको आह्वान गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।