राजनीतिक अस्थिरताका कारण विकास निर्माण हुन सकेन : ओली

 वैशाख २९, २०८१ शनिबार १५:५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरताका कारण विकास निर्माण हुन नसकेको बताउनुभएको छ । एमालेको भौतिक पूर्वाधार तथा यातायात केन्द्रीय विभागले आज काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा उहाँले राजनीतिक अस्थिरताले विकासका काम अगाडि बढ्न नसकेको बताउनुभएको हो ।

ओलीले पूर्वाधार प्रयोग गरेर उद्यमशीलताको विकास गरी त्यसबाट रोजगारीका अवसर सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले कृषिमा आधारित साना मझौला उद्योग स्थापना गरेमा रोजगारी वृद्धिसँगै कृषिजन्य वस्तुमा देश आत्मनिर्भर हुने बताउनुभयो । ओलीले पूर्वाधारको विकास हुँदा कनेक्टिभिटीका क्षेत्रमा रेलवे, हवाईजहाज, विद्युत् विस्तार, संचारको विस्तारमा ठूलो प्रगति गरेको बताउनुभयो ।

नेपालजस्तो दुर्गम देशमा उत्पादनले बजार पाउँदैनन् भन्ने ठूलो गुनासो रहेकाले उहाँले केही ठाउँबाहेक त्यस्तो गुनासो नभएको दाबी गर्नुभयो । अध्यक्ष ओलीले हरेक पालिकाका सदरमुकामलाई कालोपत्र बाटोले जोड्न अभियान सञ्चालन गरेको बताउनुभयो ।

कार्यक्रममा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पार्टीका नेताले पार्टीको कुरा मात्र नभई पार्टी स्वार्थभन्दा माथि उठेर काम गर्न सके देशको विकास हुने बताउनुभयो । उहाँले आफू भर्खरै मन्त्री भएकाले अब कामको गतिलाई अघि बढाउने र भौतिक क्षेत्रमा राम्रो प्रगति गर्ने बताउनुभयो । 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया