च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
पर्वत – रासायनिक मल र बढ्दाे विषादीको प्रयोगले खेतबारीको उत्पादन शक्ति ह्रास हुँदै गएको भन्दै पर्वतका ग्रामीण बस्तीमा प्राकृतिक खेती अभियान थालिएको छ । वातावरणलाई कम क्षति हुने र प्राकृतिक स्रोत साधनको अधिकतम प्रयोग गर्ने गरी प्राकृतिक खेती अभियान थालिएको हो ।
प्राकृतिक खेती पद्धतिमा रसायनको प्रयोग नगरी प्राकृतिक सामग्रीको प्रयोग गरिने भएकाले माटोमा कुनै असर नगर्ने विज्ञको सुझाव छ । सामग्री स्थानीय स्तरमा पाइने तथा आवश्यक सेवा बजारबाट खरिद नगरी किसान आफैँले उत्पादन गर्ने हुँदा उत्पादन लागतसमेत घट्ने भएको छ ।
पर्वतमा सञ्चालित समाज कल्याण स्रोत विकास केन्द्रले गुड नेवर्स इनटरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन गरेको एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत प्राकृतिक खेती अभियान थालिएको परियोजना अधिकृत रमेश रिजालले बताउनुभयो ।
रासायनिक मल र विभिन्न विषादीले माटोमा अम्लियपना बढ्दै गएका बेला जैविक पद्धतिबाट खेती गर्दा सुरुआतमा उत्पादन कम हुने भए पनि कालान्तरमा फाइदा पुग्ने कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत शंकर पौडेलले बताउनुभयो । जैविक पद्धतिबाट गरिएको उत्पादनले जमिन र मानिसको स्वास्थ्य दुवैलाई फाइदा पुग्ने उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।