युक्रेनको दोस्रो ठूलो शहर खार्किभ नजिकैका ९ वटा बस्ती रुसको कब्जामा

 वैशाख ३१, २०८१ सोमबार १८:२२:३६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसले युक्रेनको दोस्रो ठूलो शहर खार्किभ नजिकैका नौ वटा बस्ती कब्जा गरेको छ । पछिल्ला केही दिनदेखि आक्रमण तीव्र बनाइरहेको रुसले नौ वटा बस्ती कब्जा गरेर अहिले खार्किभ नजिकैको उत्तर–पूर्वी सीमावर्ती शहर भोभचान्स्कमा प्रवेश गरेको बीबीसीले जनाएको छ ।

युक्रेनले पनि अहिले भोभचान्स्कमा ठूलो लडाइँ चलिरहेको जनाएको छ । यो शहर खार्किभबाट ७४ किलोमिटर टाढा छ । सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा भएको पूर्ण आक्रमणपछि रुसले अहिले छोटो समयमा धेरै युक्रेनी भूमि कब्जा गरेको खबरमा उल्लेख छ ।

भोभचान्स्कबाट हजारौँ नागरिक खार्किभतर्फ भागिरहेका छन् । रुसले खार्किभ नजिकै पुगेर हवाई प्रतिरक्षा प्रणालीसहितको तोपखाना स्थापना गर्ने तयारी गरेको छ । यदि रुसले तोपखाना स्थापना गरेमा युक्रेनका लागि ठूलो खतरा हुनेछ ।

रुसले अहिले खार्किभ नजिकै पाँच वटा बटालियनका ३० हजार जना सैनिक लडाइँमा खटाएको छ । युक्रेनले भने अब रुसलाई अघि बढ्न नदिने बताउँदै दैनिक एक सय जना रुसी सैनिकको ज्यान गइरहेको दाबी गरेको छ ।

पछिल्ला केही महिनादेखि अमेरिका र युरोपेली देशले युक्रेनलाई सहयोग नदिँदा युक्रेनी सेना कमजोर बन्दै गएको छ । तर भर्खरै मात्र अमेरिकाको संसद्ले युक्रेनका लागि ६१ अर्ब डलर बराबरको सहायता पारित गरेकाले अब युक्रेनले रुसमाथिको आक्रमण बढाउने बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया