प्रिमियर लिगमा लिभरपुल र एस्टन भिल्लाको बराबरी : आज सिटी र टोटनहम खेल्दै

 जेठ १, २०८१ मंगलबार ८:४९:० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ –  इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र एस्टन भिल्लाले तीन/तीन गोलको बराबरी खेलेका छन् । भिल्ला पार्कमा गएराति भएको खेलमा लिभरपुलले शुरुवाती अग्रता जोगाउन सकेन । बराबरीसँगै लिभरपुल ३७ खेलमा ७९ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।

समान खेलमा एस्टन भिल्ला ६८ अङ्कसहित चौथो स्थानमा छ । खेलको दोस्रो मिनेटमै लिभरपुलले एमिलियानो मार्टिनेजको उपहार गोलबाट अग्रता बनाएको थियो । तर, १२ औँ मिनेटमा यूरी टिलेम्यान्सले गोल गरे र एक/एकको बराबरीमा ल्याए । तर २३ औँ मिनेटमा कोडी गाक्योले र ४८ औँ मिनेटमा जेरेल क्वान्साहले गोल गर्दा लिभरपुलले दुई गोलको अग्रता बनाएको थियो । तर खेलको ८५ औँ र ८८ औँ मिनेटमा एस्टन भिल्लाका जोन डुरानले गोल गरेपछि खेल बराबरी भयो ।

प्रिमियर लिगमा आज एउटा खेल हुँदैछ । आज राति नेपाली समयअनुसार पौने एक बजे दोस्रो स्थानको म्यानचेस्टर सिटी र पाँचौ स्थानको टोटनहम खेल्दैछन् । सिटी ३६ खेलमा ८५ अङ्कसहित तालिकाको दोस्रो र समान खेलमा ६३ अङ्कसहित टोटनहम पाँचौ स्थानमा छ । शीर्ष स्थानमा रहेको आर्सनलको ३७ खेलमा ८६ अङ्क छ ।

अन्तिम अपडेट: पुस ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया