भारतसँगको टेष्ट शृङ्खलाको पहिलो दिन अस्ट्रेलिया ८३ रनले पछाडि
मंसिर ७, २०८१ शुक्रबार
लमजुङ – वर्षौदेखि अन्धकारमा बस्न बाध्य लमजुङको चेपाङ बस्तीमा बिजुली बल्ने भएको छ ।
चेपाङबस्ती वर्षौदेखी अन्धकारमा रहेकोबारे विभिन्न सञ्चार माध्यममा समाचार प्रसारण÷प्रकाशन भएसँगै चेपाङबस्तीमा बिजुली पुग्ने भएको हो । वर्षौदेखि टुकीकै भरमा रात बिताएका चेपाङ बस्तीमा बेसीशहर नगरपालिकाले बिजुली बालिदिने भएको हो ।
लमजुङको बेसीशहर नगरपालिका–११, वरबोटको चेपाङबस्तीमा बिजुली पुर्याउनका लागि आवश्यक पर्ने तार, मिटर–बक्सका साथै प्राविधिकसहितको व्यवस्था गरेर बेसीशहर नगरपालिकाले बिजुली बालिदिने भएको हो । आर्थिक अभावका कारण वर्षौदेखी अन्धकारमा बस्न बाध्य चेपाङबस्तीमा बिजुली बाल्नका लागि बेसीशहर नगरपालिकाको कार्यपालिका बैठकले ६० हजार रुपैयाँ छुट्याएको बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले जानकारी दिनुभयो ।
चेपाङबस्तीमा कुल १० घर छन् । ३ घरले बिजुली बालेका छन् । आर्थिक अभावकै कारण बाँकी ७ घरले बिजुली बाल्न सकेका छैनन् । चेपाङबस्तीको घर–आँगन नजिकै ७० मेगावाट क्षमताको मध्यमर्याङ्दी जलविद्युत आयोजनाकोे जलाशय छ । नेपाल विद्युत प्राधिकरण लमजुङ विद्युत वितरण केन्द्रले समेत चेपाङबस्तीमा ६ थान बिजुलीको पोल उपलब्ध गराउने प्रमुख दीपक दाहालले बताउनुभयो ।
‘चेपाङ बस्तीमै पुगेर उनीहरुको अवस्था बुझ्यौँ । उनीहरुको आर्थिक अवस्था निकै कमजोर भएको पायौँ । त्यसैले पनि उनीहरु बिजुली बाल्नबाट बञ्चित रहेछन् । त्यसैले उनीहरुको घरमा बिजुली पुर्याउनका लागि केन्द्रले बिजुलीको पोल र ढुवानी खर्च उपलब्ध गराउनेछ,’ उहाँले थप्नुभयो । बिजुली पुर्याउन मात्र नभई नगरपालिकालको चेपाङ बस्तीमा सामुदायिक भवन निर्माणका लागि ३ लाख रुपैया बजेट समेत छुट्याएको छ ।
उनीहरुसँग भएको मौलिक कला संस्कृति, सामाजिक चालचलन र सचेतनामूलक कार्यक्रम गर्न सामुदायिक भवन आवश्यक भएसँगै ३ लाख रुपैयाँ बजेट नगरपालिकाले विनियोजन गरेको बेसीशहर नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले बताउनुभयो ।
बेसीशहर नगरपालिका–११, चिती बरबोट चेपाङटारमा १० र दोर्दी गाउँपालिका–९, भीरकुनामा ४ गरी लमजुङमा चेपाङ समुदायको कुल १४ घरधुरी रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।