१९ वर्षमुनिको महिला क्रिकेट टोली स्वदेश फर्कियो
कात्तिक ३०, २०८१ शुक्रबार
अमेरिकासहित उदीयमान अर्थतन्त्र भएका देशमा आएको सुधारका कारण विश्वव्यापी आर्थिक सम्भावनाहरू सुधार भएका संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।
राष्ट्र सङ्घले प्रतिवेदन सार्वजनिक गर्दै विश्व अर्थतन्त्रमा सुधार आएको जनाएको हो । तर कमजोरीहरू बाँकी रहेका प्रतिवेदनमा उल्लेख छ । विश्व अर्थतन्त्र यो वर्ष अर्थात् सन् २०२४ मा दुई दशमलव सात प्रतिशत र सन् २०२५ मा दुई दशमलव आठ प्रतिशतले बढ्ने अनुमान छ ।
अर्थतन्त्र बढ्नुमा मुख्य कारण अमेरिकासहित ब्राजिल, भारत र रुसको अर्थतन्त्रमा सुधार हुनु रहेको छ । चीनको आर्थिक वृद्धि भने सामान्य रहने अनुमान छ । भारतको अर्थतन्त्र सन् २०२४ मा छ दशमलव नौ प्रतिशतले बढ्ने अनुमान छ । युक्रेन युद्धकै बीच रुसको वृद्धि दर दुई दशमलव सात प्रतिशतले बढ्ने छ । अफ्रिका र पश्चिमी एशिया क्षेत्रहरूमा आर्थिक वृद्धि सुस्त हुने अनुमान छ ।
सन् २०२४ मा वस्तु तथा सेवाको विश्वव्यापी व्यापारमा पनि सुधार हुने राष्ट्र सङ्घको अनुमान छ । विश्व अर्थतन्त्रमा उच्च ब्याज दर, ऋणका चुनौती, भू–राजनीतिक तनाव र बढ्दो जलवायु जोखिमले चुनौतीहरू खडा गरिरहेका पनि प्रतिवेदनमा भनिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।