विश्व एड्स दिवस : नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घट्यो
मंसिर १६, २०८१ आइतबार
यूईएफए नेशन्स कप फुटबलमा क्रोएसियामाथि जित निकाल्दै इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेकाे छ । आइतबार रातिको खेलमा १–० गोलले पछि परेको अवस्थामा लिंगार्ड जेसस र हेरी केनले एक एक गोल गरे पछि समग्रमा २–१ को नतिजा निकाल्दै इंग्ल्याण्डले सेमिफाइनल यात्रा तय गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरी खेले पनि सबै गोल दोस्रो हाफमा सम्भव भएका हुन् । खेलको ५७औं मिनेटमा क्रोएसियाका एन्ड्रेज क्रामारिचले काउन्टर एट्याकमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । इंग्ल्याण्डका तीन जना डिफेन्डरलाई विट गरेका उनले गरेको प्रहारलाई किपर जोर्डन पिकफोर्डले बचाउन सकेनन् ।
१ गोलले पछि परे पछि खेलमा फर्कन इंग्ल्याण्डले निकै प्रयास गर्नु परेको थियो । ७८ औं मिनेटमा इंग्ल्याण्डले बराबरी गोल गर्दै खेलमा फर्किएको थियो ।
इंग्ल्याण्डका जो गोमेजले दिएको पासलाई ह्यारी केनले पोस्टको दिशा दिए पनि फाइनल टच भने जेसस लिंगार्डले दिएका थिए । यसैगरी ह्यारी केनले ८५ औं मिनेटमा टिमकालागि निर्णायक गोल गर्दै जित सुनिश्चत गरे ।
बेन चेलविलको फ्री किकलाई केनले गोलमा परिणत गर्दै इंग्ल्याण्डलाई २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल नभए पछि इंग्ल्याण्ड विजयी हुन सफल भयो । आइतबारको नतिजासँगै इंग्ल्याण्ड ७ अंक सहित समूह विजेता बन्दा स्पेन ६ अंक सहित उप विजेता बनेको छ । रेलिगेशनमा परेको क्रोएसियाको ४ अंक मात्रै छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।