ग्लोबल आईएमईको १८औं वार्षिकोत्सवको अवसरमा विद्यार्थी लक्षित वित्...
पुस १४, २०८१ आइतबार
काठमाण्डौ – सहकारीको बचत रकम हिनाबिना प्रकरणमा छानबिन गर्न गठित कार्यदलको बैठक बस्दैछ । कानुनमन्त्री एवम् कार्यादेश निर्माण कार्यदलका संयोजक पदम गिरीले कार्यादेश तयार गर्न अहिले बिहान साढे आठ बजे कार्यदलको बैठक बस्न लागेको जानकारी दिनुभयो ।
कार्यदलमा संयोजक गिरीसहित कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनाल सदस्य हुनुहुन्छ । आवश्यक परेमा प्रधानमन्त्री र शीर्ष नेतासँग परामर्श गरेर कार्यादेश टुङ्गोमा पुर्याउने सहमति भएको संयोजक गिरीले जानकारी दिनुभयो ।
हिजो बेलुका बसेको सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष दलको बैठकमा संसदीय छानबिन समिति बनाउने सहमति भएको हो । दलहरूबीच मुख्य विवाद रहेको समितिको क्षेत्राधिकारको विषय चार सदस्यीय कार्यदलले टुङ्गो लगाउनेछ । छानबिन समिति गठन गर्ने विषयमा यसअघि चरणवद्धरुपमा छलफल भएको थियो ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम हिनाबिनामा मुछिएको विषयमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने मागसहित कांग्रेसले संसद्मा निरन्तर अवरोध गर्दै आएको थियो । संसद् बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।