टोखाका व्यवसायीलाई चाकु बनाउन भ्याइनभ्याइ : युरोप, अमेरिका र अस्ट्रेलियासम्म निर्यात

 पुष १४, २०८१ आइतबार १५:२१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको टोखाका व्यवसायीलाई चाकु बनाउन भ्याइनभ्याइ छ । माघेसङ्क्रान्तिमा टोखाको चाकुको माग बढ्ने हुनाले टोखाका व्यवसायी अहिले चाकु र अरू परिकार बनाउन व्यस्त छन् ।

टोखाको चाकु युरोप, अमेरिका र अस्ट्रेलियासम्म पुग्ने गरेको छ । चाकु माघेसङ्क्रान्ति अर्थात् जाडोयाममा धेरै खाने परम्परागत एवम् मौलिक परिकार हो । काठमाण्डाै उपत्यकाभित्र पनि टोखाको चाकु धेरै लोकप्रिय छ ।

टोखामा अहिले १४ वटा चाकु उद्योग सञ्चालनमा छन् । माघेसङ्क्रान्तिमा चाकुको माग धेरै हुने भएकाले तिहारलगत्तै चाकु बनाउने काम धमाधम भइरहेको छ । विगतमा दुई प्रकारको चाकु बनाए पनि अहिले मागअनुसार १६ वटा किसिमका चाकु बनाउने गरेको व्यापारीले बताएका छन् ।

टोखाले चार पुस्तादेखि ऐतिहासिक, पौराणिक र मौलिक चाकुको स्वादलाई अहिलेसम्म निरन्तरता दिइरहेको टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले बताउनुभयो । पेशामात्र नभएर ऐतिहासिक, पौराणिक र मौलिक स्वादलाई अहिलेसम्म निरन्तरता दिइरहेको उहाँको भनाइ छ ।

चाकुले शरीरलाई तातो बनाउने र बलियो बनाउने हुँदा चिसो मौसममा यसको खपत बढी हुने गरेको श्रेष्ठले बताउनुभयो । चाकुको उत्पादन दुई महिनामात्र भए पनि दुई महिनाको आम्दानीले ६ महिनासम्म खान पुग्ने उहाँकाे भनाइ छ । उहाँले यो अवधिमा २५ देखि ३० जनालाई रोजगारी दिने गरेको पनि उल्लेख गर्नुभयो ।

श्रेष्ठका अनुसार पछिल्लो समय राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि चाकु निर्यात हुने गरेको छ । अस्ट्रेलिया, जापान, कोरियालगायत बढी चिसो हुने देशहरूमा चाकु बढी मात्रामा जाने गरेको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: पुस १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया