मकवानपुरको मनहरीमा महिलाको ज्यान लिएको बाघ नियन्त्रणमा
पुस १७, २०८१ बुधबार
काठमाण्डाै – भारतसँगको चौथो टेस्ट क्रिकेटको चौथो दिनको खेल सकिँदा घरेलु टोली अस्ट्रेलियाले ३ सय ३३ रनको अग्रता लिएको छ । दोस्रो पारीको ब्याटिङ गरिरहेको अस्ट्रेलियाले चौथो दिनको खेल सकिँदा ९ विकेट गुमाएर २ सय २८ रन बनाएको छ ।
भारतीय बलरले खेलमा फर्किने प्रयास गरे पनि मार्नस लाबुशेन र कप्तान प्याट कमिन्स तथा नाथन लायन र स्कट बोल्यान्डबीचको अर्धशतकीय साझेदारीका कारण अस्ट्रेलिया बलियो अवस्थामा पुगेको छ । अस्ट्रेलियाले ९१ रनमा ६ विकेट गुमाएको अवस्थामा लाबुशेन र कमिन्सले ५७ रनको साझेदारी गरेका थिए । यस्तै लायन र बोल्यान्डले अन्तिम विकेटका लागि १ सय १० बलमा ५५ रनको साझेदारी गरिसकेका छन् । लायन ४१ रन र बोल्यान्ड १० रन बनाउँदै क्रिजमा छन् ।
एक समय अस्ट्रेलियाको अग्रता २ सय ५० रनभित्रै समेटिने देखिएको थियो । अग्रता बढ्दै जाँदा भारतको समस्या पनि बढिरहेको छ । दोस्रो पारीमा अस्ट्रेलियाका लाबुशेनले ७०, कमिन्सले ४१ रन बनाए । भारतका जसप्रित बुमराहले ४ मोहम्मद सिराजले ३ विकेट लिए ।
पहिलो पारीमा अस्ट्रेलियाले ४ सय ७४ रन बनाएको थियो । यस्तै भारतले पहिलो पारीमा ३ सय ६९ रन बनाउँदा अस्ट्रेलियाले १ सय ५ रनको अग्रता लिएको थियो ।
पाँच खेलको बोर्डर–गाभस्कर ट्रफी शृङ्खलामा १–१ को बराबरी छ । पहिलाे खेल भारतले र दाेस्राे खेल अस्ट्रेलियाले जितेकाे थियाे । तेस्राे खेल बराबरीमा सकिएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।