शेयर बजार झन्डै २९ अङ्कले बढ्यो
पुस ८, २०८१ सोमबार
अमेरिकी वित्तमन्त्री जेनेट येलेनले इजरायलले प्यालेस्टिनी बैंकहरूका लागि महत्त्वपूर्ण वित्तीय च्यानल बन्द गरे ‘मानवीय सङ्कट’ को खतरा हुन सक्ने चेतावनी दिनुभएको छ । उहाँले आफू एक विशेषज्ञका रूपमा इजरायलको कारबाहीको धम्कीबाट चिन्तित रहेको बताउनुभएको अमेरिकी सञ्चारमाध्यम द न्यूयोर्क टाइम्सले जनाएको छ ।
इटालीमा भइरहेको जी–७ राष्ट्रका वित्तमन्त्रीहरूको बैठकमा येलेनले इजराइलबाट विद्युत्, पानी, इन्धन र खाद्यान्नसहित झन्डै आठ अर्ब डलर आयात गर्न सक्षम रहेको र प्यालेस्टिनीको जीविकोपार्जनसँग यो प्रत्यक्ष सम्बन्धित रहेको बताउनुभयो ।
इजरायलले प्यालेस्टिनी बैंकहरू बन्द गरे यसले निम्त्याउने सङ्कटका बारेमा एक महिनाअघि पत्र लेखेर प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सचेत गराएको अमेरिकी वित्तमन्त्री जेनेट येलेनले बताउनुभयो । इजराइलले प्यालेस्टिनीका लागि मानवीय सङ्कटको अवस्था सिर्जना गर्ने सङ्केततर्फ अरू देशले पनि ध्यानाकर्षण गराउनेमा आफू विश्वस्त रहेको उहाँकाे भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।