क्रिसमस नजिकिँदै गर्दा मुख्य शहरका सडक, पसल, रेस्टुराँ लगायतम...
पुस ८, २०८१ सोमबार
संयुक्त संयुक्त राष्ट्रसंघले पपुवा न्युगिनीमा गाउँ नै बग्ने गरी गएको पहिरोमा परी झन्डै ६ सय ७० जनाको ज्यान गएको अनुमान गरेको छ । आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनका पपुवा न्युगिनीका प्रमुख सेरहान ओक्टोप्राकले गएको शुक्रवार एन्गा प्रान्तमा गएको पहिरो पहिरोले अकल्पनीय क्षति निम्त्याएको र छ सय ७० जनाको ज्यान गएको हुनसक्ने बताउनुभएको छ ।
बीबीसीकाअनुसार ११ सय वटा घर पहिरोले बगाएकोमा एक सय ५० वटा घर नदेखिने गरी पुरिएका छन् । अहिले पनि पूरै गाउँ बगिरहेकोले उद्धारमा कठिनाई भइरहेको छ । पानी पर्न शुरु भएकाले पहिरोको जोखिम अझै बढेको र उद्वारमा बाधा आउन सक्ने स्थानीय प्रशासनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
पहिरोले बगाएको गाउँमा चार हजार जना मानिस बस्थे । राहत र उद्वारमा संलग्न संस्था अष्ट्रेलिया केयरका प्रवक्ताले पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या कसैलाई पनि थाहा नभएको बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।