त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न समिति गठन

 जेठ १९, २०८१ शनिबार ९:३०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को नाममा काठमाण्डौभित्र रहेका जग्गाको खोजी गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बैठकले त्रिविको जग्गा, भवन लगायत अचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिलाई लगत सङ्कलन, संरक्षण, उपभोग, व्यवस्थापन र आवश्यक अरु कामका लागि अध्ययन गरी ठोस प्रतिवेदन पेस गर्न भनिएको छ । समितिमा पूर्व सहसचिवद्वय महेन्द्रकुमार थापा र जानकीवल्लभ अधिकारी सदस्य छन् भने प्रा.डा. प्रेमसागर थापा विज्ञ सदस्य र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सदस्य सचिव छन् । समितिले तीन महिनाभित्र सरकारलाई प्रतिवेदन बुझाउनेछ । 

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया