नेप्से १० अङ्कले घट्दा फाइनान्स समूहको शेयर साढे ४ प्रतिशतभन्दा...
माघ १३, २०८१ आइतबार
काठमाण्डौ – राष्ट्रिय गौरवको जोगवनी–किमाथाङ्का सडक पर्सि सोमवार ‘ब्रेक थ्रु’ अर्थात् छिचोलिने अन्तिम तयारी भएको छ । सडक छिचोलिएपछि सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक जोडिने छ ।
कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडकअन्तर्गत च्याम्ताङ्ग घोङघोप्पा खण्डको साढे १० किलोमिटर सडक पूरा भएको छ । नेपाली सेनाले चट्टानी भिर फुटाइसकेको छ ।
ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हिजो हिमालय माविको हिरक महोत्सवको उद्घाटनका अवसरमा जोगवनी–किमाथाङ्का सडक छिचोलिएसँगै सडकको स्तरउन्नति र चौँडा बनाउने काम गरिने बताउनुभएको छ ।
सदरमुकाम खाँदबारीबाट च्याम्ताङ्गसम्मको एक सय ३४ किलोमिटर सडक निर्माण भइसकेको छ । यसअघि नै किमाथाङ्काबाट घोङ्घोप्पासम्म १४ किलोमिटर सडकको कच्ची ट्र्याक खुलिसकेको थियो । खाँदबारी–किमाथाङ्का सडकको दूरी एक सय ५८ किलोमिटर रहेको उत्तर दक्षिण कोशी सडक योजनाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।