नागरिकलाई शीतलहरबाट बचाउन प्रमुख जिल्ला अधिकारीहरुलाई प्राधिकरणको पत्राचार

 माघ १३, २०८१ आइतबार ९:२९:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सप्तरी, झापा, मोरङ र सुनसरीमा चलिरहेको मन्द शीतलहर आज पनि कायमै रहेको छ । मौसम पूर्वानुमान् महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि दिनभरि जसो हुस्सु र कुहिरो लाग्दा जनजीवन प्रभावित भएको छ । शीतलहरका कारण स्वास्थ्य, यातायात, शिक्षा, कृषि तथा मानिसहरुको दैनिक जीवनमा असर पर्ने हुनाले सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शीतलहर तथा हिमपातको जोखिम न्यूनीकरण र पूर्वतयारी कार्ययोजना–२०८१ को प्रभावकारी कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारीहरूको ध्यानाकर्षण गराएको छ । शीतलहर तथा हुस्सु कुहिरोको समस्या बढेकोले तराईसहित सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई पात्राचार गरेको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिनुभयो ।

यसैबीच पछिल्ला केही दिन बढेको तापक्रम फेरि घट्न थालेको छ । उच्च चापीय प्रणालीका कारण केही दिनअघि बढेको तापक्रम शुक्रवारदेखि भने घट्न थालेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो । तर अहिलेको तापक्रम सामान्यभन्दा बढी नै रहेको उहाँको भनाई छ ।

अबको तीन दिन वर्षा गराउने र हिमपात हुने प्रणाली नभएको तर तराई क्षेत्रमा शीतलहर तथा बाक्लो हुस्सु र कुहिरोको प्रभाव यथावत रहने उहाँले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया