ग्लोबल आईएमईको १८औं वार्षिकोत्सवको अवसरमा विद्यार्थी लक्षित वित्...
पुस १४, २०८१ आइतबार
काठमाण्डौ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्सि सोमवार विश्वासको मत लिन लाग्नुभएको छ। प्रदेश सभाबाट सोमबार दिउँसो ३ बजे विश्वासको मत लिन प्रदेश सभा सचिवालयमा पत्र दर्ता गरेको उहाँको सचिवालयले जनाएको छ । असार १ गतेसम्म नीति तथा कार्यक्रम ल्याइसक्नुपर्ने भएकाले उहाँले त्यसअघि नै विश्वासको मत लिन लाग्नुभएको हो ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेतासमेत रहेका पाण्डे सर्वोच्च अदालतको परमादेश अनुसार जेठ १६ गते ठूलो दलका नेताका हैसियतमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । राप्रपाका २, नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र राजीव गुरूङ ‘दीपक मनाङेले समर्थन गर्ने पाण्डेको विश्वास छ ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक हुन्छ । प्रदेश सभामा सबभन्दा ठूलो दल कांग्रेसको २७ जना सांसद छन् । राप्रपाका २ जना, देवकाटा र मनाङे गरी ४ जना सांसदले समर्थन गरेमा पाण्डेले विश्वासको मत पाउनुहुन्छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले हिजो राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र पठाएर गण्डकीमा सघाउन आग्रह गर्नुभएको छ । तर राप्रपाले निर्णय गरिसकेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।