प्रधानमन्त्री प्रचण्ड भारत भम्रणमा जाँदै, भ्रमण टोलीमा पाँच जना मात्रै

 जेठ २६, २०८१ शनिबार १५:०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा भाग लिन भोलि नयाँ दिल्ली जानुहुनेभएको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ती निकालेर भारतीय प्रधानमन्त्री मोदीको हार्दिक निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड भोलि भारत जाने र पर्सि फर्किने जनाएाको छ ।

प्रधानमन्त्रीको साथमा उहाँकी छोरी तथा स्वकीय सचिव गङ्गा दाहाल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल र शिष्टाचार महापाल गरी पाँच जना भारत जाने परराष्ट्रले जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले पनि प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा भाग लिन नेपाली प्रधानमन्त्री प्रचण्डसहितका विशिष्ट व्यक्ति नयाँ दिल्ली आउने जनाएको छ । श्रीलंका र माल्दिभ्सका राष्ट्रपति तथा बंगलादेश, भुटान र मौरिससका प्रधानमन्त्री पनि मोदीको सपथग्रहण समारोहमा भाग लिने आउने विज्ञप्तीमा उल्लेख छ ।

भोलि मोदीको शपथग्रहण समारोहमा सहभागी हुने प्रचण्डसहितका विशिष्ट पाहुना बेलुका भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले दिने रात्रीभोजमा सहभागि हुनेछन् । प्रधानमन्त्री प्रचण्ड पर्सि स्वदेश फर्किनुहुनेछ । 

प्रेस विज्ञप्ती :

अन्तिम अपडेट: पुस १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया