इन्डो–नेपाल भलिबलमा पुलिस र आर्मी विजयी
पुस २२, २०८१ सोमबार
काठमाण्डाै – नेपालको निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायक एनसेलले नेपाली व्यवसाय जगतलाई ध्यानमा राखी विशेष रूपमा डिजाइन गरिएको ‘बिज सधैँ अन’ योजना सञ्चालनमा ल्याएको छ । नेपाली उपभोक्ताहरूलाई ‘सधैँ अन’ मार्फत सशक्त बनाउने आफ्नो प्रतिबद्धता जारी राख्दै ल्याइएको यो योजना फाईभजी भिजनमा आधारित एक अर्को पहल भएकाे एनसेलले जनाएकाे छ ।
नेपाली उद्योग, सङ्घ, संस्था, ठूला, साना तथा मझौला व्यवसायहरूलाई आ–आफ्नो क्षेत्रमा सधैँ अनको प्रयोगमार्फत व्यापार, व्यवसाय बढाउन सहयोग पुर्याउनु ‘बिज सधैँ अन’ को उद्देश्य रहेको छ । अनावश्यक रूपमा मोबाइलमा ब्यालेन्स काटिने, प्रयोग गर्न बाँकी रहेका सेवाहरू पुनः अर्को महिना थपिएर आउने र बन्डल सेवाहरूका साथ महिनाभरि निर्धक्क सेवा पाइने यसको मुख्य विशेषता रहेकाे कम्पनीले जनाएकाे छ । एनसेलले स्थापनाकालदेखि नै एक उत्कृष्ट सञ्चार साझेदारको रूपमा नेपाली उद्यमी तथा व्यवसायीहरूलाई विश्वस्तरीय बिजनेस सोलुसनहरू प्रदान गर्दै आएको छ । एनसेलले नेपालभर फैलिएका ३२ हजार बढी सङ्घ–संस्था र व्यवसायका ५ लाखभन्दा धेरै ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
‘उद्योगको विकास भइरहेको छ र कम्पनीहरूको माग बढ्दै गएको छ । सिङ्गापुर, दुबई र हाम्रो छिमेकी राष्ट्र भारतजस्ता देशहरू फाईभजी, आईओटी, क्लाउड र एआई जस्ता आविष्कारहरूका कारण द्रुत गतिमा अगाडि बढिरहेका छन् । यी आविष्कारहरूको मद्दतले व्यवसायहरू कसरी सञ्चालन गर्ने, ग्राहकहरूसँग कसरी अन्तरक्रिया गर्ने र प्रभावकारिता बढाउने भन्नेजस्ता विषयहरूमा क्रान्तिकारी परिवर्तन गरिरहेका छन् । एनसेलले पनि उद्यमका पीडामर्काहरूलाई सम्बोधन गर्न र उनीहरूलाई आफ्नो व्यापार व्यवसाय बढाउन मद्दत गर्न विभिन्न सोलुसनहरू उपलब्ध गराउन काम गरिरहेको छ । त्यस्ता केही सोलुसनहरू तयार छन् र केही पाइपलाइनमा रहेका छन्’, एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भन्नुभयाे, ‘सहकार्य गरेर हामीले कनेक्टिभिटीको शक्तिलाई प्रयोग गर्न सक्छौँ, अझै उन्नत प्रविधिहरूमा काम गर्न सक्छौँ र इनोभेटिभ सोलुसनहरू ल्याउन सक्छौँ जसले डिजिटल अर्थतन्त्रमा दिगो वृद्धिलाई सहयोग पुर्याउँदै डिजिटल नेपाल भिजन २.० मा योगदान गर्न सक्दछ ।’
एनसेलले आमउपभोक्तादेखि ठूला उद्यमीसम्म सबैलाई दैनिक सञ्चारका लागि सेवाहरू देखि लिएर नेपाललाई फाईभजी जस्ता नयाँ प्रविधिका लागि तयार पार्दै, व्यवसाय सञ्चालनमा फाइदा पुर्याउने सोलुसनहरूमा पहुँच पुर्याउने लक्ष्य राखेको छ । फाईभजीले अत्याधुनिक प्रविधि सञ्चालनमा ल्याउन सक्षम बनाउँछ जसले अर्थतन्त्रमा महत्त्वपूर्ण प्रभाव पार्न सक्छ र डिजिटल नेपाल निर्माणका लागि मार्ग प्रशस्त गर्दै योगदान गर्न सक्दछ ।
सञ्चार सेवाका लागि एक विश्वसनीय रणनीतिक साझेदारको रूपमा एनसेलले नेपालका बैंक तथा वित्तीय संस्थाहरू, बहुराष्ट्रिय कम्पनीहरू, होटलहरू, व्यवसायीहरू र थुप्रै ठूला, साना तथा मझौला उद्यमहरूलाई विभिन्न इनोभेटिभ प्रोडक्ट र सर्भिसहरू प्रदान गर्दै आएको छ ।
‘सधैँ अनमा हाम्रो सफलता र ग्राहकहरूको प्रशंसाका साथ हामी निरन्तर अगाडि बढ्दै छौँ । सधैँ अनमा नै हामीले हाम्रा इन्टरप्राइज तथा पोस्टपेड ग्राहकहरूलाई कस्टमाइज्ड भ्यालु दिन चाह्याैँ’, एनसेलका हेड अफ इन्टरप्राइज प्रोडक्ट एन्ड सोलुसन्स रञ्जन शर्माले भन्नुभयाे, ‘बिज सधैँ अन र विभिन्न सोलुसन सुटहरूका साथ हामी सरलीकृत सञ्चालन र उत्पादकत्व वृद्धिमा सहयोग प्रदान गर्दै नेपाली व्यवसायहरूलाई अहिलेको डिजिटल युगमा पूर्ण क्षमता हासिल गर्न सशक्त बनाउने लक्ष्य राखेका छौँ जसले साँचो डिजिटल अर्थतन्त्रको विकासमा टेवा दिन्छ ।’
‘बिज सधैं अन’ प्लान
एनसेलले उद्यमी व्यवसायीहरूका लागि मासिक रेन्टलमा ‘बिज सधैँ अन’ प्लानअन्तर्गत ४ सय ९९ देखि १ हजार ९ सय ४९ रुपैयाँसम्मका ५ वटा प्लान ल्याएको छ । यस प्लानमा डेटा, भ्वाइस र एसएमएसका साथै लायन्सगेट प्ले र मेरो लगानी एप पनि बन्डल गरिएको छ । लायन्सगेट पब्लिक ट्रेडेड कन्टेटमा काम गर्ने विश्वको अग्रणी कम्पनी हो र मेरो लगानी एपले शेयर बजारमा भएको नाफा, नोक्सान ट्र्याक गर्दछ ।
४ सय ९९ रुपैयाँको प्लानअन्तर्गत ग्राहकले १७ जीबी डेटा, ६ सय मिनेट नेपालभरि कुरा गर्न टक टाइम र ६ सय मिनेट लोकल एसएमएस प्राप्त गर्दछन् । त्यस्तै ६ सय ४९ रुपैयाँको प्लानअन्तर्गत ग्राहकले ३० जीबी डेटा, अनलिमिटेड टक टाइम र ६ सय ५० वटा एसएसएस पठाउन सक्छन् । ९ सय ९९ रुपैयाँको प्याकअन्तर्गत ग्राहकले ६० जीबी डेटा, अनलिमिटेड टक टाइम र १ हजार वटा लोकल एसएमएस पठाउन पाउँछन् । सेवाको आवश्यकता धेरै भएका ग्राहकहरूले १ हजार ५ सय ९९ रुपैयाँ र १ हजार ९ सय ४९ रुपैयाँको मासिक प्लान लिन सक्छन् ।
यदि ग्राहकले लिएको प्लानअन्तर्गतको सेवाहरू सकिएमा ग्राहकले जम्मा ५ पैसा प्रति एमबीमा वा १ जीबी डेटाको ५० रुपैयाँ (बजार शुल्कभन्दा २० गुणा कम शुल्क) मा बुस्टर प्याक खरिद गर्न सक्छन् । बुस्टर प्याकअन्तर्गत नै ग्राहकहरूले ३० रुपैयाँमा १ जीबी डेटा वा ३० मिनेट अल नेपाल लोकल कल प्राप्त गर्न सक्छन् । त्यस्तै ५० रुपैयाँमा ग्राहकहरूले २ जीबी डेटा वा ७५ मिनेट नेपालभरि लोकल कलको सुविधा प्राप्त गर्न सक्छन् ।
यसका साथै ‘बिज सधैँ अन’ प्लान लिने ग्राहकहरूले स्पेसल सर्भिस लाइन ९००७ रु ९८०९००७००० का कल गरी ग्राहक सेवा र प्रिभलेज काउन्टर सुविधा पनि प्राप्त गर्दछन् । बिजनेस तथा पोस्टपेड ग्राहकले *१२३# डायल गरी ‘बिज सधैँ अन’ प्लानमा सजिलै अपग्रेड गर्न सक्छन् ।
नेपाली व्यवसायीहरूको डेडिकेटेड बिजनेस पाटर्नस्काे रूपमा एनसेलले आफ्नो इनोभेटिभ पोर्टफोलियोलाई विस्तार गर्दै टोल फ्री नम्बर, सीप सोलुसन्स, नेशनल र ग्लोबल कनेक्ट सेवा, डेटा सेन्टर को–लोकेशन, हाई स्पिड बिज इन्टरनेट, बल्क एसएमएस सोलुसन्स, भर्चुअल प्राइभेट सर्भर र एनालिटिक्स जस्ता सेवाहरू प्रदान गदै आएको छ ।
यी सेवा तथा सुविधाहरू नेपाली इन्टरप्राइज सेगमेन्टका विविध आवश्यकतालाई पूरा गर्न डिजाइन गरिएका छन् र यसले अहिलेको परिष्कृत तथा गतिशील बजारमा भरपर्दो प्रविधि र पूर्वाधारका साथ बिजनेसलाई सशक्त बनाउन मद्दत गर्दछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।