भारतका आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर ज्...
पुस २७, २०८१ शनिबार
जर्मनीले चीनमा निर्मित विद्युतीय गाडीमा अस्थायी शुल्क लगाउने युरोपेली सङ् (ईयू) घको निर्णय अस्वीकार गर्ने सङ्केत गरेको छ ।
युरोपेली युनियनले चीनबाट आयात हुने विद्युतीय गाडीमा ३७ दशमलव ६ प्रतिशतसम्म अस्थायी शुल्क लगाउने निर्णय गरिसकेको छ । यो निर्णयमा भोलि युरोपेली युनियनको संसद्मा मतदान हुँदैछ । जर्मनीले भने मतदानमै भाग नलिने तयारी गरेको स्रोतलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
यदि ईयूका २७ वटा सदस्य देशमध्ये बहुमतले विरोध गरेमा शुल्क लगाउने निर्णय कार्यान्वयन नहुन सक्छ । युरोपेली युनियनले चिनियाँ विद्युतीय गाडीमा लगाउने शुल्कको निर्णय पारित गरेमा चीन र जर्मनीको व्यापारमा ठूलो समस्या आउने खबरमा उल्लेख छ । यो विषयमा अहिले ईयू आयोग र चिनियाँ सरकारबीच वार्ता चलिरहेको छ ।
गएको वर्ष जर्मनीमा उत्पादन भएकामध्ये एक तिहाइ कार चीनमा बिक्री भएका थिए । यदि चिनियाँ विद्युतीय कारमा युरोपेली युनियनले शुल्क लगाएमा जर्मनीबाट चीन निर्यात हुने कारलाई पनि चीनले शुल्क लगाउन सक्छ । त्यसैले जर्मनीले चिनियाँ कारमा शुल्क लगाउने निर्णयको विरोध गरिरहेको छ । हङ्गेरीले पनि चिनियाँ कारमा शुल्क नलगाउन माग गरेको छ । चिनियाँ कारमा शुल्क लगाउने निर्णयमा फ्रान्सले दृढ समर्थन गरेको छ । अरू सदस्यहरूले मतदान कसरी गर्ने भन्ने विषयमा हिचकिचाएका छन् ।
चिनियाँ सस्तो कारका कारण युरोपेली कार उद्योगलाई समस्या परेको ईयू आयोगको तर्क रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।