कालिमाटी तरकारी बजारमा रायोको साग किलोको झन्डै दुई सय रुपैयाँ

 साउन ६, २०८१ आइतबार ९:७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – कालिमाटी तरकारी बजारमा रायोको साग किलोको झन्डै दुई सय रुपैयाँ पुगेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्य सूची अनुसार आज कालिमाटी बजारमा रायोको साग औसतमा किलोको एक सय ९६ रुपैयाँ ६७ पैसामा कारोबार भइरहेको छ । हिजो मूल्य हिजोकोभन्दा किलोमा झन्डै २२ रुपैयाँले धेरै हो ।

कालिमाटी बजारमा आज प्राय सबै प्रकारका सागको भाउ बढेको छ । आज तोरीको साग किलोको ७० रुपैयाँ, हरियो प्याज किलोको दुई सय १७ रुपैयाँ र जिरीको साग किलोको पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज ठूलो गोलभेंडाको भाउ किलोमा पाँच रुपैयाँ बढेर ९० रुपैयाँ पुगेको छ ।

स्थानीय बन्दा किलोको ५५ रुपैयाँ, स्थानीय काउली किलोको ९५ र स्थानीय ज्यापू काउली किलोको एक सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । एक महिना अघिको तुलनामा कालिमाटी बजारमा धेरैजसो तरकारीको भाउ झन्डै सय प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: पुस १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया