पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको ...
मंसिर ११, २०८१ मंगलबार
काठमाडौं – चलचित्र‘लभ स्टेशन’को इन्ड क्ल्याप गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै केक काटेर चलचित्रको इन्ड क्ल्याप गरिएको हो ।
बुधबार बेलुका ललितपुरको गोदावरी रिसोर्टमा केही दृश्य कैद गरेपछि चलचित्रका केही गीतबाहेक छायाकंनको सम्पूर्ण काम सम्पन्न गरिएको हो ।
दार्जीलिङ, कालिङपोङ, खार्साङ, मिरिकमा ६० प्रतिशत छायाकंन सकेर दसैँलगत्तै निर्माण टोली नेपालको इलामको पशुपतिनगर आएको थियो । एक साताको इलाम बसाईमा पशुपतिनगर, फिक्कल, इलाम, कन्याम र श्रीअन्तुमा २० प्रतिशत छायाकंन सकेर चलचित्र ‘लभ स्टेशन’को युनिट काठमाडौं आएको थियो ।
चलचित्रको बाँकी १० प्रतिशत छायाकंन काठमाडौंमा गरिएको थियो । चलचित्रको आसोज १२ गते देखि दार्जीलिङबाट छायाकंन सुरु गरिएको थियो ।
यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । उनका अनुसार चलचित्र लभ स्टेशन सांगीतिक प्रेम कथामा आधारित पारिवारिक चलचित्र हो । प्रदीप र जसिताले अहिलेसम्मकै राम्रो काम यस चलचित्रमा गरेको पनि निर्देशक घिमिरेको भनाई छ । चलचित्रभित्र ‘लभ स्टेन’विशेष ठाउँको नाम हुने निर्देशक घिमिरेले प्रस्ट्याएका छन् ।
यस्तै अभिनेता प्रदीपले यो चलचित्र पारिवारिक प्रेमकथामा आधारित रहेकाले विगतको चलचित्रभन्दा केही पृथक बनेको बताएका छन् ।
अब चलचित्रमा समावेश २ गीत छायाकंन गर्न बाँकी रहेको बताइएको छ । २ वटा गीतमध्ये एउटा गीतमा हिउँ देखाउनु पर्ने भएकाले राम्रो सँग हिउँ पर्न थालेपछि मनाङमा छायाकंन गरिने छ भने अर्को गीत अंग्रेजी नयाँ वर्षलाई मध्यनजर गर्दै नयाँवर्षको छेकोमा जापानमा गर्ने तयारी भइरहेको निर्देशक घिमिरेले बताए ।
यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।
लभ स्टेशनलाई काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरविक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाकंन रहेको लभ स्टेशनमा शम्भुजित बास्कोटा, दीपक शर्मा, राजनराज सिवाकोटी र एलिश कार्कीको संगीत छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।
–उज्यालाे र गफगाफ डट कमकाे सहकार्यमा
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।