एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दक्षिण–पूर्वी एशियाली देशमा हेपाटाइटिस 'बी' र 'सी' को बढ्दो सङ्क्रमणप्रति चिन्ता व्यक्त गरेको छ । हेपाटाइटिसको रोकथाम र उपचार सम्भव भए पनि यसको दीर्घकालीन सङ्क्रमणले दक्षिण पूर्वी एसियाली क्षेत्रमा कलेजोको क्यान्सर र 'कलेजो फेल' जस्ता गम्भीर रोगले ज्यान लिइरहेकाे डब्ल्यूएचओको विज्ञप्तिमा उल्लेख छ ।
दक्षिण–पूर्वी एशियाली देशमा कलेजोको क्यान्सर निम्त्याउने चौथो ठूलो कारण हेपाटाइटिस बनेको डब्ल्यूएचओले जनाएको छ । यस्तै कलेजो फेल भएकामध्ये ७५ प्रतिशत हेपाटाइटिस 'बी' र 'सी' सङ्क्रमणको कारण भएको पाइएको विज्ञप्तिमा उल्लेख छ ।
डब्लुएचएको तथ्याङ्क अनुसार सन् २०२२ मा दक्षिण–पूर्वी एसियामा सात करोड ५० लाख मानिसमा हेपाटाइटिस 'बी' र 'सी' को सङ्क्रमण भएको थियो । प्रारम्भिक उपचारबाट हेपाटाइटिस 'बी' र 'सी' सङ्क्रमण नियन्त्रण गर्न सकिने डब्लुएचओले जनाएको छ ।
डब्लुएचओका अनुसार दक्षिण–पूर्वी एशियामा हेपाटाइटिस 'बी' र 'सी' परीक्षण र उपचारको पहुँच कम छ । हेपाटाइटिस सङ्क्रमणबाट विशेषगरी नवजात शिशु र बालबालिका उच्च जोखिममा छन् । आज विश्व हेपाटाइटिसविरुद्धको दिवस मनाईंदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।