गाेरखाकाे धार्चेमा पहिराेमा परी हराएकामध्ये ४ जनाकाे शव भेटियाे

 साउन १४, २०८१ सोमबार १८:१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ मा रहेको रेसेफाँटमा हिजो गएको पहिरोमा परी हराएकामध्ये चार जनाको शव भेटिएको छ ।

तीन जनाको शव पहिरोले घर बगाएको ठाउँभन्दा केही तल तथा एक जनाको नदीले बगाएर बर्खेघाटमा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सुलाल कान्छा गुरुङ, उहाँका छोरा जीतबहादुर र जीतबहादुरकी श्रीमती कान्छी र रमेश गुरुङको शव भेटिएको हो । कान्छी गुरुङको शव हिजै गण्डकी गाउँपालिका वडा नम्बर ८ मा त्रिशूली नदी किनारमा भेटिएकोमा आज पहिचान भएको हो ।

पहिरोमा हराइरहेका रोश परियारको खोजी भइरहेको छ । रमेश वाटर इनर्जी हाइड्रो कम्पनीका ट्र्याक्टर चालक रहेका र शव भेटिएका चार जना पनि त्यही कम्पनीकै कर्मचारी रहेका पाइएको प्रहरीले जनाएको छ ।

पहिरोमा परेर घाइते भएका दिलीप गुरुङ र छामबहादुर गुरुङलाई हिजै हेलिकप्टरबाट काठमाण्डाै ल्याएर उपचार भइरहेको छ ।

अन्तिम अपडेट: पुस १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया