भारतले एशिया कप २०२५ आयोजना गर्ने, आउँदो संस्करण बङ्गलादेशमा हुने

 साउन १५, २०८१ मंगलबार १५:४४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – भारतले आउँदो संस्करणको पुरुष एशिया कप २०२५ आयोजना गर्ने भएको छ । एशियाली क्रिकेट काउन्सिल (एसीसी) ले १७ औँ संस्करणको एशिया कप भारतमा हुने पुष्टि गरेको हो ।

२०२५ को एशिया कप टी–२० फर्म्याटमा हुनेछ । सन् २०२६ मा भारतमा आयोजना हुने टी–२० विश्वकपको तयारी स्वरूप आउँदो संस्करणको एशिया कप टी-२० फम्र्याटमा हुने भएको हो । भारतले ३४ वर्षपछि एशिया कप आयोजना गर्न लागेको हो । यसअघि भारतले सन् १९९०/९१ मा प्रतियोगिताको आयोजना गरेको थियो ।

यस्तै २०२७ को एशिया कप बङ्गलादेशले आयोजना गर्ने भएको छ । यो प्रतियोगिता एकदिवसीय फर्म्याटमा हुनेछ । यही वर्ष दक्षिण अफ्रिकामा एकदिवसीय विश्वकप आयोजना हुँदैछ । बङ्गलादेशले सन् २०१६ पछि एशिया कप आयोजना गर्न लागेको हो ।

सन् २०१६ देखि एशिया कप टी-२० फर्म्याटमा पनि हुँदै आएको छ र कहिलेकाहीँ आउँदो विश्वव्यापी प्रतियोगिताहरूलाई हेरेर खेलाइने गरेको छ ।

एशिया कपमा भारत सबैभन्दा सफल टिम हो, उसले अहिलेसम्म आठ पटक उपाधि जितेको छ । भारत साविक विजेता पनि हो । यस्तै श्रीलङ्का ६ र पाकिस्तान दुई पटक विजेता बनेका छन् ।

अन्तिम अपडेट: पुस १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया