रथी सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी

 साउन १६, २०८१ बुधबार ९:२३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सरकारले नेपाली सेनाका वरिष्ठ रथी अशोक सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे कार्यकाल भदौ २४ मा सकिने र कार्यकाल सकिनु एक महिनाअघि नै बिदामा बस्नुपर्ने परम्पराअनुसार सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिइएको हो ।

मन्त्रिपरिषद्को अस्ति सोमवार बसेको बैठकले सिग्देललाई आउँदो साउन २४ गतेदेखि लागु हुने गरी कार्यवाहक प्रधानसेनापति बनाउने निर्णय गरेको छ । प्रधानसेनापति शर्माको भदौ २४ मा तीन वर्षे कार्यकाल सकिनेछ र त्यसपछि सिग्देलले आउँदो तीन वर्ष प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

करिब ३८ वर्षदेखि नेपाली सेनामा सेवारत सिग्देलले स्वदेश तथा विदेशबाट उच्च शिक्षा र सैनिक तालिम गर्नुभएको छ । यसअघि उहाँले सेनाको युद्धकार्य विभाग र व्यवस्था, नीति तथा योजना महानिर्देशनालयको विभागीय प्रमुखका साथै प्रधानसेनापतिको सैनिक सहायकको रुपमा समेत जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।

सिग्देलको नागरिकता र शैक्षिक पत्रमा त्रुटि रहेको अरोप लागे पनि उहाँको नागरिकता र शैक्षिक प्रमाण पत्रमा कुनै पनि त्रुटि नरहेको भन्दै उपरथीबाट रथीमा बढुवा गरिएको थियो । त्यसपछि उहाँको प्रधानसेनापति बन्ने बाटो खुलेको हो ।

अन्तिम अपडेट: पुस १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया