यस वर्षको प्रकाश मानव अधिकार पुरस्कार पूर्णिमाया लामालाई

 साउन १७, २०८१ बिहीबार १२:२५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यस वर्षको प्रकाश मानव अधिकार पुरस्कार काभ्रेकी पूर्णिमाया लामालाई प्रदान गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार यस वर्ष लामालाई प्रदान गरिएको हो ।

हिजो ललितपुरमा भएको कार्यक्रममा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले लामालाई पुरस्कार प्रदान गर्नुभयो । पुरस्कारको राशि ५० हजार रुपैयाँ छ ।

लामाले लामो समयदेखि न्यायका लागि सङ्घर्ष गर्दै आउनुभएको छ । पुरस्कार ग्रहण गर्दै लामाले सशस्त्र द्वन्द्व पीडितले न्याय पाउनुपर्ने बताउनुभयो । सशस्त्र द्वन्द्वको बेला २०६२ वैशाख १६ गते तत्कालीन माओवादीले उहाँका पति अर्जुन लामालाई अपहरण गरेर बेपत्ता बनाएका थिए ।

२०४९ साउन १६ गते नुवाकोटको घोप्टेभीरमा भएको थाई एअर दुर्घटनामा इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको निधन भएको थियो । नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा काफ्लेले पुर्‍याएको योगदानको स्मरण गर्दै इन्सेकले प्रकाश मानव अधिकार पुरस्कार स्थापना गरेको हो । उहाँको स्मृतिलाई चीरस्थायी बनाउने उद्देश्यले हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको इन्सेकका अध्यक्ष कुन्दन अर्यालले बताउनुभयो ।

अन्तिम अपडेट: पुस १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया