बाघको आक्रमणबाट बर्दियामा एक जना गम्भीर घाइते

 साउन २५, २०८१ शुक्रबार ११:५९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

बर्दिया –  बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बारबर्दिया नगरपालिकामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् ।

कतर्निया सामुदायिक वनभित्र च्याउ खोज्न गएका बेला बाघको आक्रमणमा परि वडा नम्बर ९ को बैदी बनगाई गाउँका ३० वर्षिय चन्द्र बहादुर कसेरा गम्भीर घाइते हुनुभएको निकुञ्जका सुचना अधिकारी पुरुषोतम वाग्लेले जानकारी दिनुभयो । आँखामा गम्भीर घाउ भएर घाइते हुनुभएका उहाँलाई उपचारका लागि भेरी अस्पताल नेपालगन्ज लगिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण प्रमुख अशोक रामले निकुञ्ज, मध्यवर्ती सामुदायिक वन, राष्ट्रिय वन तथा खाता जैविक मार्ग आसपासका सामुदायिक वनमा च्याउ खोज्न र घाँस–दाउरा लिन नजान अनुरोध गर्नुभएको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया