एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
बङ्गलादेशको नयाँ प्रधानन्यायाधीशमा नियुक्त उच्च अदालतका सैयद रेफात अहमदले शपथ लिनुभएको छ । प्रधानन्यायाधीशमा नियुक्त अहमदलाई राष्ट्रपति मोहम्मद शहाबुद्दिनले आज पद तथा गोपनीयताको शपथ गराउनुभएको बीबीसीले जनाएको छ । यस्तै दुई जना सल्लाहकार सुप्रदीप चकमा र डा. विधान रञ्जन रायले पनि शपथ लिनुभएको छ ।
यसअघिकी प्रधानमन्त्री शेख हसिनाका विश्वासपात्र मानिएका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएपछि हिजो राष्ट्रपति शहाबुद्दिनले अहमदलाई नियुक्त गर्नुभएको थियो ।
सरकारी जागिरमा कोटा प्रणालीको विरोधमा विद्यार्थीहरूले शुरू गरेको आन्दोलनका कारण पूर्वप्रधानमन्त्री देशबाट भागेर भारत पुगेयता बङ्गलादेशमा उच्च पदस्थ व्यक्तिहरूले राजीनामा दिने क्रम शुरू भएको छ । विद्यार्थीहरूको देशव्यापी प्रदर्शन र नयाँ अन्तरिम सरकार गठनपछि पनि विभिन्न विश्वविद्यालयका कुलपतिले राजीनामा दिइरहेको खबरमा उल्लेख छ ।
पछिल्लो पटक कोमिला विश्वविद्यालयका कुलपति प्रोफेसर डा. एएफएम अब्दुल मोइनले राजीनामा दिनुभएको छ । यसअघि बङ्गलादेशको विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रोफेसर काजी शाहिदुल्लाहले राजीनामा दिनुभएको थियो । यस्तै हिजो ढाका विश्वविद्यालयसहित सात वटा विश्वविद्यालयका कुलपतिले राजीनामा दिएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।