एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
विश्वकप क्रिकेट लिग दुईमा नेदरल्यान्ड्सले अमेरिकालाई हराएको छ । आइसीसी क्रिकेट विश्वकप लिग दुई श्रृङ्खलामा नेदरल्यान्ड्स, अमेरिका, क्यानडा र घरेलु टोली बीचको त्रिकोणात्मक श्रृङ्खलाको तेस्रो खेलमा घरेलु टोलीले अमेरिकालाई १९ रनले हराएको हो ।
स्पोर्टपार्क वेस्टवलेट, द हेगमा हिजो भएको खेलमा नेदरल्यान्ड्सले दिएको २ सय ३८ रनको मध्यम लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभर ५ बलमा अल आउट हुँदै २ सय १८ रन मात्र बनायो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३७ रन जोडेको थियो ।
८ टोली सहभागी लिग दुईको अङ्क तालिकामा नेदरल्यान्ड्स ८ अङ्कका साथ तेस्रो स्थानमा उक्लिएको छ । पराजित अमेरिका २ अङ्कका साथ छैटौँ स्थानमा छ । स्कटल्यान्ड ९अङ्कका साथ शीर्ष स्थानमा रहेको छ । अङ्क तालिकामा २ अङ्कका साथ नेपाल सातौँ स्थानमा छ ।
लिग दुईको शीर्ष चार टोलीले सन् २०२७ हुने ओडिआई विश्वकप छनोटमा स्थान बनाउने छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।