चीनले ग्रेट वालमा मानवरहित हवाई सेवामार्फत आवश्यक सामग्री पठाउन थाल्यो

 भदौ १, २०८१ शनिबार ९:३२:० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चीनले ग्रेट वालको बादलिङ खण्डमा पहिलो मानवरहित हवाई सेवा अर्थात् (यूएभी) मार्फत आवश्यक सामग्री पठाउन शुरु गरेको छ । मानवरहित हवाई सेवालाई सामान्यतया ड्रोन भनेर बुझिन्छ । पर्यटकलाई राहत तथा आपतकालीन सामग्री छिनभरमै पुर्‍याउन सेवा शुरु गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सुविधाको अभावमा पर्यटकलाई पिउने पानीलगायतको आपूर्तिमा समस्या हुँदै आएको छ । ग्रेट वालको सबैभन्दा लोकप्रिय खण्डमध्ये, बादलिङ रमणीय क्षेत्र पहिलो पटक सन् १९५८ मा पर्यटकका लागि खोलिएको थियो । ग्रेट वालको कुल लम्बाइ बीस हजार किलोमिटरभन्दा धेरै छ ।

यसमा उत्तरको बेइजिङ, हेबेई र भित्री मङ्गोलिया र उत्तरपश्चिममा गान्सु र सिनजियाङलगायत १५ प्रान्तीय–स्तरका क्षेत्रहरू फैलिएको छ । चीनको ‘ग्रेट वाल’ विश्वको ७ औँ आश्चर्यका रुपमा चिनिन्छ । ग्रेट वाल हेर्न हरेक वर्ष एक करोडभन्दा धेरै पर्यटक पुग्ने गर्छन् ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया