पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको ...
मंसिर ११, २०८१ मंगलबार
फिल्मको सुरूमै ‘धुम्रपान’ स्वास्थ्यको लागि हानिकारक छ’ भनेर लेखिएको हुन्छ । यतिमात्र हैन प्राय कलाकारहरु खुलेरै धुम्रपानको विरोध गर्ने पनि गर्छन् ।
यो स्वास्थ्यको लागि हानिकारक छ भनेर केहीले यसको विज्ञापन गर्न पनि मान्दैनन् । किनभने यसको विज्ञापन गर्दा समाजमा आफ्नो छवि बिग्रने डर धेरै कलाकारलाई हुन्छ ।
फिल्मभित्र त कलाकारले चुरोट पिएको दृश्य दर्शकले प्राय जसो देखिरहेका हुन्छन् । तर वास्तविक जीवनमा भने उनीहरुको वास्तविकता धेरै कमलाई मात्र थाहा हुन्छ ।
केही नेपाली कलाकारहरु रिल लाइफमा मात्रै होइन रियल लाइफमा पनि उत्तिकै चुरोटप्रेमी छन् ।
सार्वजनिक रुपमै चुरोट पिउने सेलिब्रेटीहरु कम होलान् तर लुकीलुकी चुरोट पिउने कलाकार भने धेरै छन् । आज हामीले यो सामग्रीमा चुरोट पिउने १५ कलाकारको बारेमा चर्चा गर्दैछौँ ।
अभिनेता भुवन केसी जति कोशिस गर्दा पनि चुरो तान्न छोड्न नसकेको बताउँछन् । उनले सार्वजनिक रुपमै आफू धूमपानप्रेमी भएको स्वीकार गरेका छन् ।
रेखा थापा अर्की लोकप्रिय अभिनेत्री हुन्, जसको चुरोट पिउने नराम्रो बानी छ । उनी साथीभाइसँगको भेटघाटमा मदिरा पिउँदिनन् तर चुरोट नभई हुँदैन ।
सार्वजनिक कार्यक्रममा पुग्दा पनि उनी गोप्य ठाउँ खोजेर चुरोट सल्काउन थालिहाल्छिन् ।
अहिलेकी हिट अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहको पनि चुरोट पिउने लत छ । पत्रकारलाई अन्तरवार्ता दिन पुग्दासमेत उनी चुरोट नलिई बस्न नसक्ने चर्चा फिल्मवृत्तमा छ ।
अभिनेत्री सुषमा कार्की पनि ‘चुरोट प्रेमी’ अभिनेत्री हुन् । उनलाई पनि दिनमा पटक–पटक चुरोट पिउनु पर्छ । उनको यो बानी पनि पत्रकार र उनका साथीभाइहरुबाट लुक्न सकेको छैन ।
लोकगीतमा विकृति भित्र्याएको भन्दै ज्योति मगरले केही वर्ष खुबै गाली खाइन् । उनलाई संस्कृति बिगारेको भन्दै धेरैले नानाभाँती भने । गाली गरे ।
छाडा गायिकाको उनाम पनि दिए । तर उनी आफ्नै पाराले अगाडि बढ्दै गएकी छिन् । ज्योति पनि चुरोट प्रेमी हुन् । उनको यो बानी पनि कसैसँग पनि लुक्न सकेको छैन ।
उता निर्देशक निश्चल बस्नेतलाई पनि चुरोटको सर्कोसँग गहिरो प्रेम छ । उनले यो प्रेमलाई त्यति सहजै छोड्न सक्ने संकेत देखिँदैन ।
अभिनेता आयुष्मान देशराज जोशी श्रेष्ठ पनि चुरोट एकदमै धेरै सल्काउँछन् । उनको यो काममा उनकी प्रेमी तथा हुनेवाला श्रीमती प्रियंका कार्कीले साथ दिन्छिन् । प्रियंकाले भने खुलेआम अहिलेसम्म चुरोट सल्काएको देखिएको छैन । तर पनि उनी ‘लुकीलुकी’ चुरोट पिउँछिन् ।
नेपाली फिल्ममा सशक्त अभिनेताका रुपमा चिनिने सौगात मल्ल पनि चुरोट प्रेमी हुन् । उनलाई पनि अन्य खाने कुराजस्तै चुरोट नभई नहुने एउटा खानेकुरा बनेको छ ।
उता अभिनेता विपिन कार्कीले पनि आफूलाई यो लतबाट टाढा राख्न सकेका छैनन् । विपिन कार्की पनि चुरोट असाध्यै सल्काउँछन् ।
अभिनेता सलोन बस्नेत र अभिनेत्री करिष्मा श्रेष्ठ अहिले प्रेममा छन् । यी दुईले एकसाथ काम गरेको सिनेमा ‘बाबु कान्छा’ केही समयअघि प्रदर्शनमा आएको थियो । तर सिनेमाले सोचेजस्तो सफलता हात पार्न भने सकेन । जे होस् यी दुईको सम्बन्ध भने कायमै छ । र, यी दुवै चुरोट पिउन रुचाउँछन् । दुवै सँगै बसेर चुरोटको सर्को तान्छन् ।
युवास्टार अनमोल केसीले सार्वजनिक रुपमै चुरोट पिएको देखिएको छैन । तर उनी निकटस्थ स्रोतका अनुसार उनी चुरोट भने निकै सल्काउँछन् ।
त्यस्तै सार्वजनिक रुपमै चुरोट पिउने अभिनेत्रीमा पर्छिन् शिल्पा पोखरेल । उनले विभिन्न ठाउँमा पत्रकारहरुकै अगाडि चुरोट पिएको पाइएको छ ।
अभिनेता अनुप विक्रम शाही पनि अर्का चुरोट प्रेमी कलाकार हुन् । उनले केही पटक सार्वजनिक कार्यक्रममा पत्रकारहरुका अगाडि नै चुरोट पिएका छन् ।
त्यस्तै अभिनेता सविन श्रेष्ठ पनि ‘सिगरेट लभर’ हुन् । उनी पनि चुरोटको सर्कोबिना रहन सक्दैनन् ।
अभिनेत्री तथा आईटम गर्ल माला लिम्बु पनि चुरोट प्रेमी हुन् । केही समय अघि मात्रै उनले एक कार्यक्रममा देखाएको चुरोट मोहपछि उनको यो बानीको खुलासा भएको हो । उक्त कार्यक्रममा पत्रकारहरू उनीसँग कुरा गर्न खोज्दा उनले पत्रकार भन्दा पनि चुरोटलाई प्राथमिकता दिएको कुरा चर्चामा छ ।
–उज्यालाे र गफगाफ डट कमकाे सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।