राष्ट्र बैंकले आज १ खर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै

 भदौ २, २०८१ आइतबार १२:४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – बैंक तथा वित्तीय संस्थामा अधिक तरलता अर्थात् लगानीयोग्य रकम थुप्रिन थालेपछि नेपाल राष्ट्र बैंकले आज एक खर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दैछ ।

नेपाल राष्ट्र बैंकले एक सूचना निकालेर आज एक खर्ब रुपैयाँ निक्षेप सङ्कलनको लागि बोलकबोल हुने जनाएको छ । २१ दिनको लागि निक्षेप सङ्कलन उपकरण कोबोलकबोल तथा निष्काशन गर्ने भएकोले इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म प्रस्ताव पेश गर्न सक्नेछन् ।

आज लिएको साँवा तथा ब्याज भुक्तानी आउँदो भदौको २३ गते हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न पाइने सूचनामा उल्लेख छ । निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बजारमा कर्जा प्रवाह नभएपछि राष्ट्र बैंकले धमाधम बैंक तथा वित्तीय संस्थाबाट पैसा उठाइरहेको छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया