च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – दैलेखको लोहोरे खोला तल्लो ढुङगेश्वर जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह बढ्दोक्रममा रहेकाले लोहोरे खोला तटीय क्षेत्रमा आज दिउँसोसम्म नै सावधानी अपनाउन भनिएको छ ।
यस्तै बाँकेको नेपालगञ्ज, खजुरा, बर्दियाको रम्भापुर, रानीजरुवा, कैलालीको टीकापुर वर्षामापन केन्द्रमा आज बिहान मध्यम वर्षा भएको छ । ती क्षेत्रमा थप पानी पर्न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ ।
आउँदो तीन दिन पश्चिम राप्ती, बबई, महाकाली र यसका सहायक नदीमा जलसतह सतर्कता तह नजिक पुग्ने अनुमान छ । त्यस्तै कोशी, नारायणी, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती र यसका सहायक नदीमा बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।