पहिरोले अवरुद्ध गुल्मीको तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडक खण्ड सञ्चालनमा

 भदौ ५, २०८१ बुधबार ९:३३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

गुल्मी – अबिरल वर्षाका कारण हिजोदेखि अबरुद्ध भएको गुल्मीको तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडकखण्ड सञ्चालनमा आएको छ । मदनभण्डारी राजमार्ग अन्तरगत रुरुक्षेत्र गाउँपालिका १ रातामाटामा सडक माथिबाट पहिरो खसेपछि  हिजो सडक अबरुद्ध बनेको थियो ।

रुरुक्षेत्र गाउँपालिका, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा एक्साभेटरको प्रयोग गरि सडकमा खसेको लेदोसहितको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । त्यसैगरी रिडी‐रुद्रबेणी‐वामीटक्सार सडकखण्ड पनि सञ्चालनमा आएको छ ।

सत्यवती गाउँपालिका ६ उर्लीखोला नजिकै डहरे खोलामा आएको पानीको बहाव घटेपछि सडक सञ्चालन भएको हो । आज विहान अबरुद्ध बनेको खज्र्याङ्‐रिडी सडक भने अझै सञ्चालनमा आएको छैन । खर्ज्याङ‐रिडी खण्डको बीच भागमा चट्टान सहितको पहिरो खसेपछि यो सडक दुई दिनदेखि अबरुद्ध बनेको हो ।

लगातार पानी परिरहेकाले पहिरो पन्छाउन समस्या परेको प्रहरीले जनाएको छ । वर्षा रोकिएपछि सडकमा खसेको पहिरो पन्छाएर सडक सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभएको छ ।

वर्षाका कारण तम्घास आउने दुई दर्जन भन्दा बढी ग्रामिण सडकहरु समेत अबरुद्ध बनेका छन् । यसैबीच, वर्षाका कारण थप जोखिम बढन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला किनार र पहिरो ग्रस्त क्षेत्रका बासिन्दाहरुलाई सर्तक रहन र सुरक्षित ठाउँमा बसोवास गर्न आग्रह गरेको छ । 

अन्तिम अपडेट: पुस १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया