दाङको तुलसीपुरमा इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको ज्यान गयो

 भदौ ५, २०८१ बुधबार १२:३०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – दाङको तुलसीपुरमा रहेको दमार गाउँमा इनार सफा गर्न पसेका दुई जनाको निसासियर ज्यान गएको छ । सफा गर्न इनारभित्र पसेका तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय रामबहादुर नेपालीको ज्यान गएको हो ।

उहाँहरू बिहान १० बजेतिर इनारमा पस्नुभएको थियो । तर उहाँहरूलाई भित्रै अचेत भएको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि प्रहरी पोस्ट दमार गाउँ, इलाका प्रहरी कार्यालय तुलसीपुर र नेपाली सेनाको अम्बापुर बेस क्याम्पको टोली उद्धारमा खटिएको थियो ।

इनारभित्रै फसेका दुई जनालाई उद्धारपछि तुलसीपुरकाे राप्ती प्रादेशिक अस्पताल ल्याइएको थियो । बिहान ११ बजेतिर अस्पताल पुर्‍याउनासाथ दुवै जनालाई चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: पुस १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया